Logo

बीएमसीले सील गर्यो चर्चित गायिका लता मंगेशकरको भवन



एजेन्सी, १४ भाद्र । जताततै कोरोना भाइरस बढेको समाचार आइरहेका छन् । केही कलाकार त यसको चपेटामा परिसकेका छन् । बीएमसीले कोकिल स्वरकी धनी गायिका लता मंगेशकरको भवन सील गरिदिएको छ ।

वास्तवमा उक्त बिल्डिङमा धेरै उमेरका मानिसहरुको सख्या भएकोले बीएमसीले सील गर्ने निर्णय गरेको हो । गायिका लता मंगेशकरका परिवारले भने एक विज्ञप्ती जारी गर्दै साझदेखि नै प्रभुकोज भवन सील गरिएको कल आएको जानकारी दिएका छन् ।

बिल्डिङ सोसाइटी र बीएमसीले बृद्ध व्यक्तिहरुको सुरक्षामा ध्यानमा राख्दै भवन सील गर्ने निर्णय गरेको हो । लता मंगेशकरको परिवारले जारी गरेको विज्ञप्तीमा भनिएको छ, यस्तो प्रकारको सावधानी अपनाउनु आवश्यक छ । विज्ञप्तिमार्फत गएका केही चाडपर्वहरु पनि सामाजिक दुरी कायम राख्दै निकै सामान्य तरिकाले मनाएको पनि जानकारी दिएको छ । उनीहरुले आफ्नो परिवारको स्वास्थ्यको बारेमा कुनै प्रकारका समाचार नबनाउन पनि विज्ञप्तीबाट आग्रह गरेका छन् ।

आफ्नो परिवार आजसम्म सुरक्षित भएको जनाउदै भवन सोसाइटी सुरक्षाका सबै नियम पालन गर्ने र बृद्धहरुको सुरक्षामा पनि सहयोग गर्ने उल्लेख गरेका छन् । ९० वर्षकी चर्चित गायिका लता अहिले घरमै बसीरहेकी छिन् । पछिल्लो समयमा उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । केहि दिनअघि उनले गणपति बाबाको तस्वीर सेयर गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot