Logo

बलिउड नायिका अनुष्काको बढ्दै गरेको पेट



एजेन्सी, २९ भाद्र । बलिउड अभिनेत्री अनुष्का शर्मा यो समयमा गर्भवती भएपछि प्रफुल्लित छिन् । उनी हाल पति विराट कोहलीको साथमा दुबईमा रमाइरहेकी छिन् । भर्खरै अनुष्का शर्माले बेबी प्लान्ट गरेको आफ्नो एक सुन्दर तस्वीर सेयर गरेकी छिन् ।

यो तस्वीरमा अनुष्का खुला केसमा हल्का मुस्कानको साथमा उभिएको देखिएको छ । तस्वीर सेयर गर्दै अनुष्काले लेखेकी छिन्, ‘आफुभित्र निर्मित भएको जीवनको अनुभव गर्दा जस्तो अरु वास्तविक तथा विनम्र केही हुन्न । जब तपाइँको नियन्त्रणमा नहुँदा वास्तवमा के हुन्छ ? ’

उनको यो तस्वीरलाई शुभचिन्तक र साथीहरुले प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया दिदै करीना कपुरले लेखेकी छिन्, ‘तिमी बहादुर हो ।’ अनुष्काले २०२१ मा बच्चालाई जन्म दिदैछिन् । अनुष्का शर्मा र विराट कोहलीले २०१७ मा इटालीमा विवाह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot