Logo

‘इन्डियन आइडल १२’ को सुर्टिङ सुरु



एजेन्सी, १६ असोज । टेलिभिजनको सबैभन्दा लोकप्रिय शो इन्डियन आइडल को १२ औं सिजन चाँडै सुरु भएको छ । १ अक्टोबरबाट इन्डियन आइडलको आगामी सिजनको सुर्टिङ शुभारम्भ भएको हो । यसपटक पनि जर्ज प्यानलमा हिमेश रेशमिया, विशाल ददलानी र नेहा कक्कड सहभागी छन् ।

यस मौकामा गायिका नेहा कक्कडले इन्डियन आइडलसँग सम्बन्धित भिडियो पोस्ट गरेकी छिन्, जसमा शो को बाकी २ निर्णायकको साथमा नेहा देखिएकी छिन् । यो भिडियो पोस्ट गर्दै नेहाले क्याप्सन लेखेकी छिन्, ‘उही आर ब्याक’ ।

निर्णायक विशाल ददलानीले पनि सेटमा बसेको आफ्नो फोटो सेयर गर्दै क्याप्सन लेखेका छन्, ‘इन्डियन आइडल १२ डे १’ ।

कोरोना महामारीले गर्दा यस सिजनमा पहिलो अडिशन डिजिटल रुपमा आयोजित गरीएको थियो । इच्छुक प्रतियोगिले सोनी लाइभ एपमा गीत अपलोड गर्नु प¥थ्र्यो । त्यसबाट छानिएका प्रतियोगिहरुलाई स्टुडियो राउन्डको लागि बोलाएको छ ।

भर्चुअल अडिशनबाट छानिएका प्रतियोगिलाई मुम्बईमा आइडल टिमले ल्याइसकेको छ । केही दिन सुरक्षित क्वारेन्टाईनमा राखेपछि सुर्टिङमा सहभागी गराउनेछ । अन्य रियालिटी शो मा जस्तै यस पटकको इन्डियन आइडल १२ मा लाइभ दर्शक हुने छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot