Logo

युट्युबको ट्रेन्डिङमा नेपाली चलचित्रले स्थान पाउँदै



काठमाडौं, ९ मंसिर । पहिला–पहिला नेपालको युट्युब ट्रेन्डिङमा साउथ तथा हिन्दी फिल्म हुन्थे तर, कोरोना भाइरसको महामारीपछि भने नेपाली फिल्मले त्यो शीर्ष स्थान ओगट्न सफल भएको छ । एक समयमा मल्टीस्टारर नेपाली फिल्मलाई समेत अफ्ठेरो पार्ने हिन्दी र साउथ फिल्म हाल भने पछि परेका छन् ।

दशैयता नेपालको युट्युब ट्रेन्डिङ शिर्ष स्थानमा नेपाली फिल्मले स्थान ओगट्दै आएको छ । १५ दिनसम्म ट्रेन्डिङको शिर्ष स्थानमा बसेको नायक अनमोल केसी र नायिका सुहाना थापाको फिल्म ‘ए मेरो हजुर ३’ लाई पछि पार्दै फिल्म ‘प्रसाद’ हाल युट्युबको एक नम्बरमा रहेको छ । ‘प्रसाद’ फिल्ममा विपिन कार्की र नम्रता श्रेष्ठ लिड रोलमा छन् ।

यसैगरी, एक हप्ता अगाडीमात्र सार्वजनिक गरेको फिल्म ‘साइली’ युट्युबको छैटौ स्थानमा रहेको छ । गायक हेमन्त राना र अभिनेता गौरव पहारीले निर्माण गरेको फिल्म ‘साइली’ मा मेनुका प्रधान, दयाहाङ राई, माओत्से गुरुङ आदी कलाकारहरुको भुमिका छ । फिल्मको प्रमुख भुमिकामा भने मेनुका प्रधानले अभिनय गरेकी छिन् ।

वैदेशिक रोजगारीको क्रममा भोग्नु परेको महिलाको पिडालाई यस फिल्मले हु–बहु उतारेको छ । रामबाबु गुरुङद्धारा निर्देशित यो फिल्मलाई रिलिजको क्रममा भन्दा पनि युट्युबमा धेरै दर्शकहरुले मन पराएका छन् । सार्वजनिक गरेको एक हप्तामा नै फिल्मलाई ४० लाख भन्दा धेरैले हेरेका छन् भने ७ हजार भन्दा धेरैले त राम्रो प्रतिक्रिया पनि दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot