Logo

रिहाईपछि पौडेलले भने- सरकार लोकतन्त्रप्रति प्रतिवद्ध छैन



काठमाडौं, १्र७ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार अधिनायकवादी भएको आरोप लगाएका छन् । आज प्रहरी नियन्त्रणबाट रिहा भएलगत्तै पौडेलले सरकारको गतिविधिले लोकतन्त्रलाई आघात पुर्याइरहेको समेत टिप्पणी गरेका छन ।

सरकारले अधिनायकवादी चरित्र देखायो, पौडेलले रिहाईपछि भने, ‘यसबाट ओली सरकार लोकतन्त्रप्रति प्रतिवद्ध छैन भन्ने देखिएको छ ।’ पुल उद्घाटन गर्न पुग्दा रोकिएपछि काँग्रेस कार्यकर्ता प्रतिरोधमा उत्रिएपछि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिएको घटनालगत्तै काँग्रेस नेता कार्यकर्ताले विरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot