Logo

तास खेल्ने ४ जना पक्राउ



काठमाडौं, २९ पुस । तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । चन्द्रागिरी पुरानो नैकापस्थित चौरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ बर्षीय वियज बुढाथोकी समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले तास खेलिरहेको अवस्थामा उनीहरुलाई नगद १५ हजार २० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot