Logo

प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित आँफै अदालतमा उपस्थित् हुन आदेश



काठमाडौं, १५ माघ । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ । प्रधानमन्त्री ओलीले ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ भन्ने अभिव्यक्ति दिएपछि उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

अदालतले प्रधानमन्त्री ओलीलाई मात्रै नभएर अदालत अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीलाई पनि आफैँ अदालतमा उपस्थित् भएर लिखित जवाफ दिन आदेश दिएको छ । त्यस्तै, अदालतको अवहेलना मुद्दामा नै पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैं अदालत आएर लिखित जवाफ दिन पनि आदेश दिएको छ । आज (बिहीबार) न्यायाधीश मनोजकुमार शर्माको इजलासले यस्तो आदेश दिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्