काठमाडौं, ६ फागुन । गैरआवासी नेपाली संघको पहलमा स्थापना भएको एनआरएन डेभ्लपमेन्ट फण्डको लागि काठमाडौंमा उपलब्ध संघका संस्थापकहरुले आज फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर गरेका छन् । संघका अध्यक्ष कुमार पन्तले हस्ताक्षरलगत्तै खुशी व्यक्त गर्दै लेखेका छन्–‘स्वदेशको विकास र समृद्धिमा योगदान गर्ने अभियानअन्तर्गतको एक महत्त्वपूर्ण योजना हाम्रो लामो समयको प्रयासपछि मूर्तरूप प्राप्त गर्ने चरणमा पुगेको जानकारी गराउन पाउँदा निकै खुसी लागेको छ।’
हस्ताक्षर गर्नेमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संस्थापक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, संस्थापकहरु सोनाम लामा, खगेन्द्र जिसी, बद्री केसी, महेश श्रेष्ठ लगायत छन् । हस्ताक्षर समारोहमा संक्षिप्त भनाई राख्दै डा. महतोले भने–बास्तवमा यो सन् २००५ मा रोपेको फल आज देखिन लागेको छ । यो देखिनको लागि फल छिट्टै नै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले पाकेको रुपमा खान पाउँन भन्ने मेरो शुभकामना छ । सुरुमा नेपालमा लगानी गर्ने सन्दर्भको कुरा आउँदा साथीहरु प्रतिफल आउँछ त भनेर सशंकित र कन्फ्युजनमा हुनुहुन्थ्यो । नेपालको समृद्धिमा अब सानै रुपमा भएपनि हरेक गैरआवासी नेपाली साथीहरुले क्षमता देखाउनुभएको छ । यसको लागि मित्रहरुले ठूलो चूनौतिको सामना गर्नुभयो । र, नेपालमा लगानी गर्न सकिँदो रहेछ भनेर उहाँहरु देखाईदिनुभयो । आज हाम्रो सपना पूरा हुने बाटोमा अघि बढेको छ ।’ उनले मन खोलेर देशमा लगानी गर्ने भावना बढाईदिन आग्रह गरे । उनले अध्यक्ष पन्तलाई धन्यवाद दिए । पन्तले दिलोज्यान लगाएर यो परियोजनाको लागि काम गरेको महतोको भनाई छ ।
हस्ताक्षर सम्पन्न भएपछि सामाजिक सञ्जाल सञ्जालमा अध्यक्ष पन्तले यस्तो लेखेका छन् :