Logo

निर्वाचन आयोगद्वारा एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको जानकारी संघीय संसद् सचिवायलमा



काठमाडौं, २६ फागुन । निर्वाचन आयोगले संघीय संसद सचिवालयलाई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग दल भएको जानकारी गराएको छ। मंगलबार बसेको निर्वाचन आयोगको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको निर्णय गरेको थियो।

सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएका छन् । आज दिउँसो १ बजे संसद् बैठक बस्दैछ । आजको बैठकमा भने दुवै दल सत्ता पक्षकै रो मा बस्ने भएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकोले दुवै पार्टी एउटै रो मा बस्ने भएका हुन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot