Logo

बेलायती रानी एजिलावेथका पति फिलिपको निधन



एजेन्सी, २७ चैत्र । बेलायती महारानी एलिजावेथका पति राजकुमार फिलिपको निधन भएको छ । उनको ९९ वर्षको उमेरमा बेलायतको राजदरबार बकिंगम दरबारमा निधन भएको हो ।

बेलायतको राजदरबारले फिलिपको निधन भएको जानकारी दिएको हो । एलिजावेथसँग उनको ७३ वर्षयता वैवाहिक सम्बन्ध छ ।

महारानी एलिजावेथ र राजकुमार फिलिपबाट ४ सन्तान, ८ नातिनातिना र १० पनाति पनातिनी छन् ।

फिलिप ग्रीक आइल्यान्ड अफ कोर्फुमा १० जुन सन् १९२१ मा जन्मिएका थिए । उनका पिता राजकुमार एन्ड्रयु डेनमार्कका राजा जर्ज प्रथमका कान्छा छोरा हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot