Logo

जसपाका सांसद श्रीवास्तव भन्छन् : हाम्रो पार्टी फुट्ने बाटोमा छ, उपेन्द्र महन्थको पुच्छर बन्न आए (भिडिओसहित)



काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी, नेपालका सांसद तथा प्रभावशाली नेता विमल प्रसाद श्रीवास्तवले जसपा फुट्ने बाटोमा रहेको सनसनीपूर्ण टिप्पणी गरेका छन् । प्राइम टिभीको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा सांसद श्रीवास्तवले यस्तो बताएका हुन् । उनले महन्थ ठाकुरसँग उपेन्द्र यादव पुच्छर बनेर आएको टिप्पणी गरेका छन् ।

उनले पार्टीको आधिकारिक अध्यक्ष ठाकुर नै भएको दाबी गरे । पार्टीको एक नम्बर अध्यक्ष ठाकुर भएको कुरा निर्वाचन आयोगमा गएर हेर्न पनि उनले सुझाव दिए । उनले अध्यक्ष यादवले जनतालाई धोका दिएको पनि आरोप लगाए । उनले यादव पदको लोभी मान्छे भएको जिकिर गरे । तर, अध्यक्ष महन्थलाई उनले त्यागी नेताको रुपमा चित्रण गरे ।

उपेन्द्र यादव कुन अवस्थाको मान्छे हो ? भन्ने कुरा आफूले थाहा पाएको पनि उनको भनाई छ । उनले भने,” त्यो कुन अवस्थाको मान्छे थियो, अहिले कुन अवस्थामा छ ? तपाईहरु मिडियाले सोध्नुहोस न उपेन्द्रलाई, त्यो गाडी जुन चढिरहेको छ त्यो, कहाँबाट आएको हो ? कुन एम्बेसीको त्यहाँ फाईनान्स हो ?”



प्रतिक्रिया दिनुहोस्