Logo

सुटिङको क्रममा प्रियंकाको पति निक घाइते



एजेन्सी, ३ जेठ । बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस सामाजिक सञ्जालमा निकै सक्रिय छन् । हाल प्रियंका लन्डनमा छिन् भने निक अमेरिकामा छन् ।

शनिबार निक टिभी सो को सुटिङको क्रममा घाइते भएका छन् । सुटिङ गर्दागर्दै घाइते भएपछि निकलाई अस्पताल भर्ना गरिएको थियो । वेबदुनियाको अनुसार उनलाई गम्भिर चोट लागे पश्चात उपचारको लागि एम्बुलेन्सबाट अस्पताल पुर्याइएको थियो । निकलाई कति चोट लागेको छ भन्ने हालसम्म कुनै जानकारी आएको छैन् । तर उनी आइतबार अस्पतालबाट डिस्चार्ज भइसेकका छन् ।

गायक निक सिंगिग रियालिटि शो को सुटिङ गरिरहेको समयमा घाइते भएका थिए । अमेरिकी गायक निक भारतमा पनि चर्चित छन् । भारतमा पनि उनको गीत धेरैले मन पराउँछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot