Logo

आक्रमणकारीलाई राजनीतिक संरक्षण हैन, कडा कारबाही गरियोस् : विवेकशील साझा पार्टी



काठमाडौं, १४ जेठ । विवेकशील साझा पार्टीले बाँकेको भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको आक्रमण तथा तोडफोडप्रति गम्भीर खेद प्रकट गरेको छ । आज एक विज्ञप्ती निकाल्दै विवेकशील साझा पार्टीले यस्तो बताएको हो । विज्ञप्तीमा भनिएको छ-“आक्रमणमा सत्तारूढ एमालेका प्रदेश तहका नेताको संलग्नता रहेको भनी खबरहरू सार्वजनिक भएका छन्। समाजमा परिचित गण्डालाई मन्त्री बनाएर पुरस्कृत गर्ने नेता भएको देशमा दलका नेताहरू पनि गुण्डागर्दीमा संलग्न हुनु अस्वाभाविक होइन।”

आक्रमणकारीहरूलाई राजनीतिक संरक्षण नदिई कानुनी कारबाही गर्न तथा भेरी अस्पतालसहित देशभरका स्वास्थ्यकर्मीले निर्धक्क भई काम गर्ने वातावरण सुनिश्चित गर्न विवेकशील साझा पार्टीले सरकारसँग जोडदार माग गरेको छ । विज्ञप्तीमा थप भनिएको छ-“राज्यको स्वास्थ्य प्रणाली फितलो रहँदा र सरकारको अकर्मण्यताले गर्दा मुलुकभर स्वास्थ्यकर्मीहरू यस्तो महामारीको समयमा अत्यन्त सीमित स्रोत, साधन र जनशक्तिका साथ अहोरात्र खटिनु परिरहेको छ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot