Logo

नेपालमा आज ५३ कोरोना संक्रमितको मृत्यु



काठमाडौं, ३१ जेठ । कोरोना संक्रमणबाट आज थप ५३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका २ हजार ९ सय २९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १० हजार ५ सय २१ पुगेको  छ ।

आज ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ३६ हजार २ सय ५२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज १४ हजार ८ सय १९ परीक्षणमा ९ हजार ४३८ जना पिसीआर विधिबाट र ५३ सय ८१ जना एन्टिजेन विधिबाट पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot