Logo

ओलीलाई केन्द्रीय कमिटीमा अल्पमतमा पारेर हटाउने रणनीतिमा माधव नेपाल



काठमाडौं, १८ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी फुटाउन तयार देखिएका छैनन् । उनी पार्टीमा पकड बनाउन सक्रिय भइरहेका छन् । केन्द्रीय कमिटीमा बहुमत बनाउने नेपालको प्रयास चलिरहेको छ ।

एमालेको नवौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीमध्ये २०३ सदस्य रहेका छन् । १०२ बनाएर केपी शर्मा ओलीलाई अध्यक्षबाटलाई हटाउने रणनीतिका साथ नेपाल पक्ष लागेको छ । त्यसैले पार्टी फुटाउने दबाब आफ्नै पक्षका नेताहरुबाट परिरहेपनि उनी मानिरहेका छैनन् । धैर्य गर्न भनिरहेका छन् ।

माधव नेपालले एमाले एकताका लागि विभिन्न सर्त राख्दा ओली अध्यक्षबाट हट्नुपर्ने या अध्यक्षमण्डल बनाएर महाधिवेशनमा जानुपर्ने प्रस्ताव समेत राखेका थिए । तर, ओलीले माधव नेपाललाई एमालेमा स्थान नभएको बताएर एकताको सम्भावना कमजोर बनाइदिए । यसले ओली र नेपालबीचको टकरावलमा दुईमध्ये एक नेता एमालेमा नरहने निश्चितप्रायः भएको छ ।

माधव नेपाल एमाले फुटाउन तयार नहुने र ओलीले नेपाललाई स्थान छैन भनेबाट अब केन्द्रीय कमिटीमा जस्को पकड बलियो हुन्छ उसैले एकले अर्कोलाई हटाउने निश्चितप्रायः छ । यी दुईमध्ये एक एमालेबाट हट्ने या कुनै एकले नयाँ पार्टी खोल्नेबाहेक दोस्रो पुस्ता नेतृत्वमा पुग्ने विकल्पमा मात्र एमालेको विवाद टुंगिने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot