Logo

एमालेको मत खोसेर जित्ने कुरा नसोच्न माधव नेपाललाई युवराज ज्ञवालीको चेतावनी



काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले एमालेको मत खोसेर जित्ने कुरा नसोच्न चेतावनी दिएका छन् । उनले माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी खोलेर गम्भीर गल्ती गरेकोसमेत आरोप लगाए । आज (मंगलबार) नेकपा एमाले कर्णाली प्रदेश कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले माधव नेपालले नयाँ पार्टी खोलेको कुराको औचित्य पुष्टि गर्न नसक्ने पनि दाबी गरे । उनले भने,‘अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, तपाईहरूले जित्नुहुन्न, आफूले आफूलाई सिध्याउने दिशामा लाग्नुभएको छ, एमालेको मत खोसेर हामी जित्छौँ भन्ने नसोच्नुस् ।’ file photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot