Logo

देउवा वन टु वन वार्ता गर्दै फकाउँदै



काठमाडौं, १ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा पकड बलियो बनाउने रणनीतिलाई तिव्रता दिएका छन् । उनले आफ्ना विरोधीलाई पक्षमा पार्न संवाद बढाएका छन् ।

देउवाले बिहिबार पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग वन टु वन वार्ता गरेका छन् । उनले सिंहसँग पावर सेयरिङ गर्नेबारे छलफल गरेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार देउवालाई आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । सिंहले भने उल्टै सहयोगको आग्रह गरेका थिए ।

काँग्रेसको वडा तहको प्रतिनिधि चयनको समिक्षापछि देउवाले सिंहलाई भेटेका हुन् । सिंह निकै बलियो बन्दै गएको रिपोर्ट देउवासम्म पुगेको बुझिएको छ ।

देउवाका विश्वासपात्र समेत रहेका महामन्त्री पूर्णबहादुर खड्काले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशांक कोइरालासँग छलफल गरेका छन् । यो छलफल क्रियाशील सदस्यता विवाद र बाँकी जिल्लाको वडा अधिवेशन सुचारु तरिकाले सम्पन्न गर्नेबारे केन्द्रित भएको बुझिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot