Logo

दुबईको धनाड्य व्यापारीसँग विवाह गर्दै ‘नागिन’ मौनी राय



एजेन्सी, १५ असोज । टेलिभिजन हुँदै बलिउड प्रवेश गरेकी मौनी राय सामाजिक सञ्जालमा आफ्नो बोल्ड तस्विरले धमाका मच्चाइरहन्छिन् । सानो पर्दाकी ‘नागिन’ मौनीले आफ्नो जलवोबाट दर्शकको मन जितेकी हुन् । भर्खरै आएको मौनीको नयाँ खबरले अब फ्यानहरुको दिल टुट्ने भएको छ ।

मौनी अब चाडैनै विवाह बन्धनमा बाधिदै छिन् । उनले दुबईको व्यापारी सुरज नांबियारसँग विवाह गर्न लागेकी हुन् । उनी हाल सुरजसग डेटमा रमाइरहेकी छिन् । यी जोडीको तस्विर सामाजिक सञ्जालमा छाइरहेको छ ।

इन्डिया टुडेको अनुसार २०२० को जनवरीमा मौनीले प्रेमी सुरज नांबियरसँग विवाह गर्ने भएकी हुन् । मौनीको आमा कलाकार मन्दिरा बेदीले सुरजको माता पितालाई बोलाएर विवाहको कुरा अगाडी बढाएकी हुन् ।

एक रिपोर्टको अनुसार मौनीको आफन्त बिद्युत रायसरकारले एक अन्तर्वाताको क्रममा २०२२ को जनवरीमा विवाह हुने बताएका थिए । विवाह दुर्बइ वा इटलीमा हुने पारिवारिक श्रोतले जनाएको छ । विवाहको रिसेप्सन बिहारमा हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot