Logo

प्रचण्डमाथि खनिए भीम रावल, काँग्रेसको पछि लागि पद हत्याएको आरोप



काठमाडौं, १९ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालमाथि खनिएका छन् । रावलले प्रचण्डलाई जनयुद्धबाट सत्ता हत्याउछु भनेको र गिरिजादेखि देउवासम्म कांग्रेसको पछि लागि पद हत्याएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले प्रचण्डले आफूसहित १० भाई एमाले नेताले एमाले फुटाउन नलागेको र आत्मसमर्पण गरेको भन्ने अभिव्यक्ति दिएपछि जवाफ फर्काएका हुन् ।

उनले लेखेका छन्-‘एमाले फुटाउन ‘१० भाइ’ नलागेकाले प्रचण्डजीले रोइलो गर्दै ‘झुक्याएर आत्मसमर्पण गरे’भन्ने हास्यास्पद तर्क गर्नुभएको रहेछ।एमालेका नेताहरू सोही पार्टीमा रहँदा ‘आत्मसमर्पण’ हुने तर ‘जनयुद्ध’बाट सत्ता हत्याउछु भन्नेले गिरिजादेखि देउवासम्म काँग्रेसको पछि लागि पद हत्याउदा आत्मसम्मान हुने?’



प्रतिक्रिया दिनुहोस्

Screenshot