Logo

नेकपा (एमाले) अध्यक्ष ओलीद्वारा देशभरका वडा कमिटी अधिवेशन उद्घाटन



काठमाडौँ, ६ कात्तिक: प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को देशभरका वडा अधिवेशनको उद्घाटन भएको छ। अध्यक्ष केपी शर्मा ओलीले देशभरका वडा अधिवेशनको उद्घाटन गरेका हुन् । थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट शनिबार १२ बजे अध्यक्ष ओलीले वडा कमिटी अधिवेशन उद्घाटन गरेका हुन् ।

उनले ऐतिहासिक रूपमा पहिलो पटक एकै ठाउँबाट देशभरका वडा कमिटीको अधिवेशन उद्घाटन भएको बताएका छन् । उनले भने, ‘वडा अधिवेशन सर्वसम्मतिका साथ सम्पन्न हुनेछन् भन्ने विश्वास लिएको छु । तपाईंहरूको उन्नत स्तरको समझदारी दुनियाँका लागि नै अनुशरणीय हुन सकोस् ।’ उनले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा पनि निकट भविष्यमा वडा अधिवेशन सम्पन्न गर्न भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot