Logo

लेभान्टे र एथ्लेटिको म्याड्रिडको बराबरी



काठमाडौं, कार्तिक १२। स्पेनिस लिग ला लिगामा अन्तर्गत भएको खेलमा लेभान्टे र एथ्लेटिको म्याड्रिडले बराबरी खेलेका छन् । गएराति भएको तनावपूर्ण खेलमा लेभान्टे र एथ्लेटिकोले २-२ गोलको बराबरी खेलेका हुन् ।

भ्यालेन्सियामा भएको खेलमा लेभान्टेको लागि इनिस बर्धीले दुई गोल गर्दा एथेल्टिकोको लागि माथेउ कुन्हाले र एन्टोनी ग्रिजमनले १र१ गोल गरे । खेलको १२ औं मिनेटमा फिलिपेको पासमा ग्रिजमनले गोल गर्दै एथ्लेटिकोलाई खेलमा अगाडि बढाएका थिए । ३७ औं मिनेटमा इनिस बार्धीले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए ।

७६ औं मिनेटमा कुन्हाले गोल गर्दै फेरि एथ्लेटिकोलाई खेलमा अगाडि बढाएका थिए । ८० औं मिनेटमा एथलेटिकोका मुख्य प्रशिक्षम डिएगो सिमेओनले रातोकार्ड पाएका थिए । यस्तै ९० औं मिनेटमा बार्धीले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै लेभान्टेलाई २-२ गोलको बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल २-२ गोलको बराबरीमा सकिएको हो ।

बराबरीसँगै १० खेलबाट १९ अङ्क जोड्दै एथ्लेटिको छैटौं स्थानमा रहेको छ । लिगमा अझै जित निकाल्न नसकेको लेभान्टे ६ अङ्कको साथ पुछारबाट दोस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot