Logo

प्रियंका र निकको सम्बन्धबारे आमाले गरिन् यस्तो खुलाशा



काठमाडौं, ७ मंसिर । बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसले एकअर्कालाई कति चाहान्छन् सामाजिक सञ्ञाल एकाउन्टबाट नै अनुमान लगाउन सकिन्छ । तर, सामाजिक सञ्जाल एकाउन्टमा प्रियंकाले आफ्नो नामको अगाडी जोनस शब्द हटाइदिए पछि भने फ्यानहरुमा तरगं उत्पन्न भएको छ । कतिले त सम्बन्ध विच्छेद गर्न लागेको समेत अड्कल गर्न थालेका छन् ।

सामाजिक सञ्जालमा अफवाह फैलिएको प्रति प्रियंकाको आमाले सफाई दिएकी छिन् । उनले प्रियंका र निकको सबै बाहिर आएका खबरलाई बकवासको संज्ञा दिएकी छिन् ।

प्रियंकाले यस विषयमा भने हालसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । निक र प्रिंयकाले २०१८ मा जोधपुरमा विवाह गरेका थिए । उनीहरुले हिन्दु र ईसाई रितिरिवाजबाट विवाह गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot