Logo

धमलाको हमला : करिश्मा मानन्धरसँग ऋषि धमलाको रोचक कुराकानी (भिडिओसहित)



काठमाडौं, १९ मंसिर । सदाबहार नायिका करिश्मा मानन्धरले पढाइभन्ने कुरा कहिले नसकिने भन्दै अब बाचुन्जेल पढिरहने बताएकी छिन् । उनले यसैवर्ष कक्षा १२ पास गरेकी छिन् । राष्ट्रिय परिक्षा बोर्डले गत शुक्रबार सार्वजनिक गरेको नतिजामा उनले २.४१ ल्याएर पास भएकी हुन् ।

प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘धमलाको हमला’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अरुले के भन्ला भनेर पछि नपर्न सबैमा आग्रह गरेकी छिन्,‘राम्रो काम गर्दा पनि अरुले के भन्ला समाजले के भन्ला भनेर पछि हट्नुहुँदैन’,उनले भनिन ।

यस्तै, यसअघि पढाईको कारणले गर्दा आफुले धेरै अवसरहरु गुमाएको सुनाउदै उनले पढाईलाई प्रथमिकता दिनु सबैभन्दा ठूलो कुरा भएको उल्लेख गरिन् । ‘कुनै पनि अङ्ग्रेजि बोल्नपर्ने कार्यक्रममा जानपर्दा अफ्ठ्यारो लाग्थ्यो तर, अब भने त्यस्तो केहिपनि लाग्दैन्’,–उनले भनिन् ।

 

 



प्रतिक्रिया दिनुहोस्