Logo

रेडक्रसका कर्मचारी आन्दोलित



काठमाडौं, २ पौष । नेपाल रेडक्रस सोसाइटीका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । रेडक्रसको केन्द्रीय तदर्थ समितिले कर्मचारी माथि हस्ताक्षेप गरेर अवकास पत्र थमाए पछि आन्दोलनमा उत्रिएका हुन् ।

आफू खुसी नियुक्ति र सरुवाको अभियान तदर्थ समिति बनाएको कर्मचारीको आरोप छ । रेडक्रसको स्थायी नियुक्तिमा रहेको उच्च अधिकारीलाई केन्द्रीय तदर्थ समितिको गत वर्ष पुस ९ मा गरिएको बैठकमा टेकेर पदावधी सकिएको भन्दै हटाउन खोजेको भन्दै कर्मचारी विरोधमा उत्रिएका हुन्। उनीहरूले तदर्थ समितिले कर्मचारी नियमावली विपरीत अवकास दिएको आरोप लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।

उनीहरूले सोमबार केन्द्रीय कार्यालयको प्राङ्गणमा कर्मचारी हातेमालो तथा ऐक्यवद्धता कार्यक्रम तथा प्रदेश तथा जिल्ला शाखामा आन्दोलनका कार्यक्रमबारे जानकारी गराएका थिए । माग पूरा नभएको भन्दै कार्यालय प्रवेशमा रोक लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot