Logo

वर्षाको नयाँ अपार्टमेन्टः खरिद कि उपहार ?



काठमाडौं, १० पौष । यतिबेला नायिका वर्षा शिवाकोटी चर्चामा छिन् । उनलाई चर्चामा ल्याउने रजतपटका सञ्चालक प्रकाश सुवेदी हुन् ।

सुवेदीले कलाकारहरुलाई विवादमा तानिरहन्छन् । यस क्रममा आफै पनि विवादमा पर्छन् । यसपटक उनले नायिका वर्षा शिवाकोटीको अपार्टमेन्टको चर्चा गरे ।

हात्तिवनस्थित अपार्टमेन्ट खरिद गरेको भन्दै वर्षाले सामाजिक सञ्जालमा केही महिना अघि पोष्ट गरिन् । त्यसपछि धेरैको चासो बढ्यो ।

रजतपट कार्यक्रममा प्रकाश सुवेदीले वर्षाले अपार्टमेन्ट उपहार पाएको भनिदिए । तर, कस्ले उपहार दियो भन्ने खुलाएनन् ।

वर्षाले सिटी स्केप्टमा थ्रि बिएचके अपार्टमेन्ट खरिद गर्दा आमाको सहयोग लिएको बताएकी थिइन् । आफ्नो मिहेनतको कमाईबाट खरिद गरेको उल्लेख गरेकी थिइन् ।

अपार्टमेन्ट खरिद गर्नुभन्दा ठिक अघि उनले कार समेत किनेकी थिइन् । केही महिनाको अन्तरालमा कार र अपार्टमेन्ट खरिद गरेपछि सुवेदीको ध्यान खिचियो । उनले बोलिहाले ।

अहिले सुवेदीविरुद्ध वर्षाले प्रेस काउन्सिलमा उजुरी हालेकी छिन् । उनले यसबारे सार्वजनिक रुपमा बोल्दै आफ्नो प्रतिष्ठामा आँच पुग्ने गरी प्रस्तुती भएको भन्दै आलोचना गरेकी छिन् । अब यो विषय प्रेस काउन्सिलले हेरेर निर्णय लिनसक्नेछ ।

वर्षाको आम्दानीबारे पनि धेरैको ध्यान जान थालेको छ । उनी चलेकी नायिका हुन् । तर, लकडाउनको बेलामा मनोरञ्जन क्षेत्र नै धराशायी भइरहँदा वर्षा अपवादमा परेकी छिन् । उनले कसरी यत्रो रकम जुटाइन् ? धेरैको चासो बढ्यो । नायिका वर्षा शिवाकोटीको अचानकको आम्दानी हो कि वर्षौको मिहेनतको कमाई हो ? यसबारे चाँडै खुलासा हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot