Logo

बार्सिलोनाको शानदार जित



काठमाडौं, २२ पुस । बार्सिलोनाले कोपा डेल रे फुटबलमा लिनारेस डिपोर्टिभोमाथि शानदार जित निकालेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले लिनारेस डिपोर्टिभोलाई २–१ गोल अन्तरले हराएको छ ।

लिनारेसको घरेलु मैदानमा एन्टोनियो लुइज डियाजले खेलको १९औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६३औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा फर्काएका थिए ।

साथै, खेलको ६९औं मिनेटमा फेरान जुट्ग्लाले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए ।

यस जितसँगै बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot