Logo

बार्सिलोनामाथि रोमान्चक जित निकाल्दै रियल फाइनल प्रवेश



काठमाडौं, २९ पुृस । स्पेनिस सुपर कपमा रियल मड्रिडले बार्सिलोनामाथि रोमान्चक जित निकालेको छ ।

बुधबार राति भएको खेलमा रियल मड्रिडले बार्सिलोनालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

यस जितसँगै रियल मड्रिड स्पेनिस कपको फाईनलमा प्रवेश गरेको छ ।

खेलमा २५औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाएका थिए ।

तर, खेलको ४१औ मिनेटमा बार्सिलोनाका लि डी जोङले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याएका थिए ।

यस्तै, ७२औं मिनेटमा करिम बेन्जीमाले गोल गर्दै रियललाई पुनः एक गोलको अग्रता दिलाए ।

तर, बार्सिलोनाका अंशु फातीले ८३औं मिनेटमा गोल गर्दै खेललाई २–२ अवस्थामा ल्याएका थिए ।

साथै, फेडरिको भाल्भर्डेले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै रियललाई रोमान्चक जित दिलाए ।

गत सिजनको च्याम्पियन एट्लेटिको मड्रिडले एट्लेटिक बिल्बाओसँग बिहीबार सेमिफाईनलमा प्रतिष्पर्धा गर्नेछन् ।

विजेताले उपाधिका लागि रियल मड्रिडसँग आईतबार खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot