Logo

आमा बनेको ११ दिनपछि प्रियंकाले गरिन् बोल्ड फोटोसुट (फोटोसहित)



एजेन्सी, २० माघ । बलिउडदेखि हलिउडसम्म आफ्नो अभिनयबाट प्रभाव जमाएकी नायिका हुन्–प्रियंका चोपडा । प्रियंकाले आज आफ्नो करियरमा त्यो स्थान हासिल गरिसकेकी छिन्, जुन हासिल गर्नु सबैको मनको कुरा होइन । हालै २२ जनवरीमा प्रियंकाले फ्यानलाई आमा बन्ने खुसीको खबर दिएकी थिइन् ।

प्रियंका र निक जोनस सरोगेसी मार्फत आफ्नो पहिलो सन्तानको अभिभावक बनेका छन् । यो खबरपछि फ्यान र स्टारहरूले सामाजिक सञ्जालमा प्रियंका र निकलाई बधाई दिएका छन् ।

यसैबीच, आमा बनेपछि पहिलो पटक प्रियंकाले म्यागजिन कभरका लागि निकै हट फोटोसुट गराएकी छिन्, जसका तस्विरहरु सामाजिक सञ्जालमा चर्चामा छन् प्रियंका चोपडाले हालै हार्पर्स बजार पत्रिकाका लागि फोटोसुट गराएकी छिन् । प्रियंकाको तस्बिर हार्पर्स बजार पत्रिकाको कभरमा छ। तस्बिरमा प्रियंका लेभेन्डर र पहेंलो रंगको सुन्दर गाउनमा बोल्ड पोज दिइरहेको देख्न सकिन्छ ।

म्यागजिन कभरका तस्विर प्रियंकाका फ्यानका लागि उपहारभन्दा कम छैनन् । यी तस्विरहरु सामाजिक सञ्जालमा निकै रुचाइएका छन् । यसैबीच, फ्यानहरूले यसमा लगातार कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिइरहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot