Logo

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदै



काठमाडौं, १३ फागुन । ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’ मा सहभागि हुन ओमान गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (शुक्रबार) स्वदेश फर्कदै छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली शुक्रबार साँझ स्वदेश फर्कने जनाएको छ । नेपाली टोली साँझ ५ः३० मा नेपाल आईपुग्ने क्यानले जनाएको छ ।

छनोटमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो । बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot