Logo

युरोपा लिगः नापोलीमाथि बार्सिलोनाको फराकिलो जित



काठमाडौं, १३ फागुन । युरोपा लिग फुटबलमा बार्सिलोनाले नापोलीमाथि शानदार जित निकालेको छ ।

बिहिबार राति भएको खेलमा बार्सिलोनाले नापोलीमाथि ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

दोस्रो लेगको खेलमा बार्सिलोनाले सिरि ए क्लब नापोलीलाई ४–२ गोल अन्तरले हरायो ।

खेलको ८औं मिनेटमा जोर्डी अल्बाले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका थिए । यस्तै, १३औं मिनेटमा फ्रेन्कि डी जोङले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए ।

तर, लोरेन्जो इन्साइनले २३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नापोलीलाई अगाडी बढाए ।

साथै, ४५ र ५९औं मिनेटमा जेरार्ड पिके र पियरिक इम्रिक अबुमियाङले गोल गर्दै बार्सिलोनालाई शानदार जित दिलाए ।

८७औं मिनेटमा माटेओ पोलिटानोले नापोलीका लागि अन्तिम एक गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot