Logo

सभामुख सापकोटालाई एमालेको प्रश्नः एमसीसी टेबल गर्नुपरे आत्महत्या गर्छु भनेको होइन ?



काठमाडौं, १७ फागुन । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले विगतमा एमसीसी टेबल गर्नुपरे आत्महत्या गर्छु भन्ने आवेगपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रश्न गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रेस विज्ञप्ति पढ्दै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो प्रश्न उठाएका हुन् ।

‘सभामुखले एमसीसी टेबल गर्नुपरे आत्महत्या गर्छु भन्ने आवेगपूर्ण अभिव्यक्ति दिएको होइन ?’ ज्ञवालीले भने । उनले सभामुख सापकोटाले दल विभाजनको भूमिका खेलेको भन्दै सत्तारुढ दलहरुले एमसीसीबारे विषात्त प्रचार गरेको आरोप लगाए ।

कार्यकर्ता र सुरक्षा निकायबीच भिडन्त गराएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरे । एमसीसीबारे भ्रमको खेती गरेको उनको आरोप थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot