Logo

श्रेष्ठ फकाउँदै दाहाल



काठमाडौं, फागुन १८। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भित्र विवाद चर्किएको छ ।

माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट छन् । एमसीसी व्याख्यात्मक घोषणापश्चात् पारित गर्न दाहालले पाँच दलीय गठबन्धनमा सहमति गरेका थिए । श्रेष्ठले अन्य असन्तुष्ट नेताहरूसँग अब के गर्ने भन्दै छलफलमा जुटेपछि दाहाल उनलाई फकाउन लागिपरेका छन् ।

एमसीसी सम्झौता अनुमोदनको विषयलाई लिएर माओवादी पार्टीमा विवाद चर्कंदै गएपछि श्रेष्ठले नयाँ पार्टी गठन गर्ने चर्चासमेत भइरहेको छ । अध्यक्ष दाहाल मंगलबार श्रेष्ठलाई फकाउन हात्तीवनस्थित उनको निवास पुगेका पुगेका छन् । दाहाल र श्रेष्ठबीचको भेटपछि दाहालका स्वकीय सचिव रमेश मल्लले पार्टीमा कोही कसैप्रति असहिष्णु र अमर्यादित नहुन आग्रह गरेको बताए ।

दाहालको सचिवालयले पार्टीभित्रको असहमति कमिटीभित्रै दर्ज गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ । अध्यक्ष दाहालले श्रेष्ठसँग भेटेर आफ्ना असन्तुष्टि पार्टीको बैठकमा राख्न आग्रह गरेका छन् ।

पार्टीमा नेताहरूबीच कहिलेकाहीँ मुद्दागत वा विषयगत अस्पष्टता र असहमति हुने तर ती विषय पद्धतिअनुरूप पार्टी कमिटीमा दर्ज गर्नुपर्ने दाहालका स्वकीय सचिव मल्लले बताए ।

श्रेष्ठले संसद्बाट एमसीसी पारितको दिनलाई आमदेशभक्त नेपाली जनताले ‘कालो दिन’का रूपमा लिने टिप्पणी गरेका थिए । एमसीसीलाई उनले राष्ट्रघाती सम्झौताको संज्ञासमेत दिएका छन् ।

दाहालसँगको भेटमा नेता श्रेष्ठले एमसीसी राष्ट्रहितविपरित हुँदाहुँदै पारित गर्न सहमति किन गरेको रु भन्दै असन्तुष्टि पोखेका छन् । माओवादी स्रोतका अनुसार दाहालबाट श्रेष्ठ अझै असन्तुष्ट छन् । दाहालले जति फकाए पनि उनी आफ्नो अडानमा यथावत् छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot