Logo

एनइएको चुनावमा राष्ट्रिय प्रगतिशील गठबन्धनलाई जिताउन ई.झा को आग्रह



काठमाडौं, २५ फागुन । यही २७ गते हुन गईरहेको राष्ट्रिय इन्जिनियर संघ, नेपाल (एनइए)को चुनावमा राष्ट्रिय प्रगतिशील गठबन्धनलाई सहयोग गर्न राष्ट्रिय अध्यक्ष ई.भगवान झाले अपिल गरेका छन् ।

झाले राष्ट्रिय इन्जिनियर संघ, नेपालको चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एमाले) समर्थित RES+PEAN गठबंधन बाट Er Dr सुरज लामिछाने नेतृत्वको बृहत् रास्ट्रिय प्रगतिशील गठबन्धनलाई केन्द्र र ई इंदू भूषण झा नेतृत्वलाई मधेश प्रदेशमा भारी मतले विजयी बनाउन आग्रह गरेका हुन् ।

अध्यक्ष झाले पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरी आगामी चुनावमा बृहद राष्ट्रिय प्रगतिशील गठबन्धनलाई जिताउने बारे सल्लाह गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्