Logo

मोटरसाइकल चोरी कार्यमा संलग्न पक्राउ



काठमाडौं, २७ फागुन । काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल र साइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ परेका छन् । मोटरसाइकल र साइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा गोकर्णेश्‍वर नगरपालिका–५ बाहुनधाराबाट ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गोकर्णेश्‍वर नगरपालिका–५ बाहुनधारा बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–९ घर भएका २० वर्षीय सुरेश श्रेष्ठ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, गोकर्णेश्‍वर बस्ने सखुवासभा घर भएका २४ वर्षीय योग राज लिम्बु, गोकर्णेश्‍वर नगरपालिका–५ जोरपाटी बस्ने झापा बुद्दशान्ति गाउँपालिका–६ घर भएका २० वर्षीय दिपेश मगर र गोकर्णेश्‍वर नगरपालिका–८ माकलबारी बस्ने सुर्खेत मेलकुनादचोर घर भएका २४ वर्षीय विशाल राना रहेका छन् ।

काठमाडौं महानगरपालिका–६ बौद्ध तथा गोकर्णेश्‍वर नगरपालिकाको विभिन्न स्थानबाट चोरी कार्यमा संलग्न गिरोहका ब्यक्तिहरुले सोही इलाका र अन्य इलाकामा समेत चोरीका मोटरसाइकल बिक्री बितरण गर्दै आईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई ५ थान चोरीका मोटरसाइकल र २ वटा साइकलसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot