Logo

आज थप ३८ जनामा संक्रमण पुष्टि, ९७ हजारले लगाए एकैदिन खोप



काठमाडौं, ९ चैत्र । पछिल्लो २४ घण्टामा नेपालमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३८ सय ५५ जनाको पीसीआर र १५ सय २१ जनाको एन्टीजेन परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज २ सय ६९ जना संक्रमित डिस्चार्ज भएका छन् । मन्त्रालयको अनुसार आज संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । देशभर संक्रिय सक्रमितको संख्या २४ सय ५३ रहेको छ ।

आज एकदिनमा मात्रै ९७ हजार ३०६ जनाले खोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot