Logo

आज नेपाल र चोनबुरी एफसी भिड्दै



काठमाडौं, चैत १३ । थाइल्याण्डको भ्रमणमा रहेको नेपाली राष्ट्रिय फूटबल टोलीले आज हुने मैत्रीपूर्ण खेलमा शिर्ष डिभिजनको क्लब चोनबुरी एफसीको सामना गर्दैछ । चोनबुरी रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो ३स्४५ बजे शूरु हुनेछ ।

यसअघि थाइल्याण्डको राष्ट्रिय टोलीसँग भएको मैत्रीपूर्ण खेलमा २(० गोलले पराजित भएको नेपाल आजको खेलमा जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । चोनबुरी थाइल्याण्डको शिर्ष डिभिजनको क्लब हो ।

चोनबुरी हाल लिगको २६ खेलबाट ४० अंक जोड्दै पाँचौ स्थानमा रहेको छ । एएफसी एसिया कपको छनोटमा तयारीको रुपमा नेपाल थाइल्याण्ड पुगेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot