Logo

एमालेसँग गठबन्धनको संभावना न्यूनः डा.विजय पौडेल (भिडियोसहित)



काठमाडौं, २४ चैत । नेकपा (एकिकृत समाजवादी) का नेता डा. विजय पौडेलले नेकपा (एमाले)सँग सहकार्य हुने संभावना नरहेको बताएका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले केपी शर्मा ओलसँग गठबन्धन नहुने स्पष्ट पारे ।

नेकपा (एस) संगठन विस्तारमा लागेको भन्दै चुनावमा एक्लै जादाँपनि २५ देखि ३५ प्रतिशत स्थानीय तहमा जित्ने उनको दाबी थियो । ‘तर, गठबन्धनलाई जोगाउन हामीले चुनावी तालमेल गरेका हौं,’ उनले भने ।

साथै, फरक प्रसँगमा उनले स्थानीय तहमा चरम भ्रष्टचार बढेको समेत बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot