Logo

रमेश सिलवाल भन्छन्– शिक्षामा राजनीतिकरण बन्द हुनुपर्छ (भिडियोसहित)



काठमाडौं, २५ चैत । हिसानका अध्यक्ष रमेश सिलवालले शैक्षिक संस्थाहरुलाई राजनीतिक दलहरुले राजनीति गर्ने थलो बनाउने नहुने धारणा राखेका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले गुणस्तरिय र अन्र्तराष्ट्रिय शिक्षाका लागि निजि क्षेत्रबाट चाल्नुपर्ने कदम आफुहरुले चालिरहेको दाबी गरे ।

साथै, उनले शिक्षा क्षेत्रमा लगानी अनुसार २५ प्रतिशत संस्था मात्र नाफामा भएको भन्दै शिक्षामा व्यापारीकरण गरियो भन्नु गलत भएको बताए ।

यस्तै, उनले हिसानको महाधिवेशनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot