Logo

माओवादीले चुनावी पोष्टरमा आफ्नो तस्विर राखेकोमा कुलमान घिसिङ फायर



काठमाडौं, ३० चैत्र । नेकपा (माओवादी केन्द्र) ले चुनावी प्रचार सामाग्रीमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्विर प्रयोग गरेको थियो । तर, सामाजिक सञ्जालमा माओवादी र यसका अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना भएपछि घिसिङको फोटो हटाईएको छ । घिसिङले नै आफूले उक्त तस्विर नराख्ने भनेको भएपनि राखिएको भन्दै गुनासो पोखेका थिए ।

घिसिङले माओवादी केन्द्रका नेताहरुलाई फोन गरेर आफ्नो तस्विर किन राखियो ? भन्दै प्रश्न गरेका थिए । उनले तत्कालै आफ्नो तस्विर हटाउन भनेका थिए । अध्यक्ष प्रचण्डको फेशबुक पेजबाट अहिले घिसिङको फोटोसहितको प्रचार सामाग्री हटाईएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुले चुनावी प्रचारलाई तिव्रता दिएका छन् । माओवादीले भने प्रचण्ड, कुलमान र जनार्दन शर्माको तस्विर राखेर मुलुकलाई अँध्यारोबाट उज्यालोतर्फ डोर्याएको भन्दै प्रचार गरेको थियो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot