Logo

अटेरी अभियानका पौडेलद्वारा पोखरा महानगरको मेयरमा उम्मेद्वारी दर्ता



काठमाडौं, ११ वैशाख । पोखरा महानगरपालीकाका मेयर पदका स्वतन्त्र उम्मेद्वार गनेस पौडेलले उम्मेद्वारी दर्ता गराएका छन् ।

उनले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उम्मेदवारी दर्ता गराएका हुन् । लेखक समेत रहेका पौडेलले अटेरी समूह बनाएर देशभर स्वतन्त्र उम्मेद्वारी दिने अभियान चलाएका छन् ।

उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जिसी छन् । उम्मेदवारी दर्तापछि उनले स्थानीय तहमा दलीयभन्दा पनि स्वतन्त्र उम्मेद्वारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्न उम्मेद्वारी दर्ता गराएको बताए । तस्विरः अभिमन्यू पाण्डे



प्रतिक्रिया दिनुहोस्

Screenshot