Logo

गठबन्धन ५ र स्वतन्त्र एक महानगरपालिकामा अगाडि हुँदा एमाले सबैमा दोस्रो



काठमाडौं, ३ जेठ । स्थानीय निर्वाचनको जारी मतगणनामा गठबन्धन देशका ५ महानगरपालिकामा अगाडि छन् । एक महानगरपालिकामा स्वतन्त्र अगाडि छ ।

गठबन्धनको नेपाली काँग्रेस ललितपुर र विराटनगरमा अगाडि छ । माओवादी केन्द्र भरतपुरमा, नेकपा एस पोखरामा र जसपा वीरगञ्जमा अगाडि छन् । काठमाडौंमा भने गठबन्धनको नेपाली काँग्रेस तेस्रो स्थानमा छ । नेकपा एमाले भने देशका ६ वटै महानगरपालिकामा दोस्रो स्थानमा छ ।

काठमाडौंमा स्वतन्त्रका बालेन साह अगाडि छन् । दोस्रोमा एमालेका केशव स्थापित ५ हजार मतान्तरले पछाडि छन् । तेस्रोमा काँग्रेसकी सृजना सिंह छिन् ।

ललितपुरमा काँग्रेसका चिरिबाबु महर्जन फराकिलो मतान्तर बनाउँदै बढिरहेका छन् । त्यहाँ एमालेका हरिकृष्ण व्यञ्जनकार दोस्रो स्थानमा छन् । मेयरमा भने एमाले अगाडि छ भने माओवादी केन्द्र दोस्रो स्थानमा रहेर पछ्याइरहेको छ ।

विराटनगरमा काँग्रेसका नागेश कोइराला अगाडि छन् । एमालेका सागर थापा पछ्याइरहेका छन् ।

पोखरामा नेकपा एसका धनराज आचार्यले एमालेका कृष्ण थापासँग मतान्तर बढाइरहेका छन् ।

वीरगञ्जमा जसपाका राजेशमान सिंहले एमालेका विजय सरावगीसँगको मतान्तर बढाइरहेका छन् ।

चितवनमा रेनु दाहालले एमालेका विजय सुवेदीलाई पछि पार्दै बढेकी छिन् । यी दुईबीच अघि पछि गर्दै जाँदा अहिले रेनु अगाडि बढेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot