Logo

पत्नी र ६५ जनाको दलबलसहित बामदेव चन्द्रागिरी किन उक्लिए



काठमाडौं, १२ असार । भेट्रान कम्युनिस्ट नेता वामदेव गौतम यतिबेला दलविहिन छन् । उनी न त आफूलाई स्वतन्त्र भनिरहेका न त कुनै पार्टीमा आवद्ध छन् । उनको दर्ता भएको नेकपा एकता राष्ट्रिय अभियान छ ।

आज वामदेव चन्द्रागिरीको डाँडोमा उक्लिएका छन् । चन्द्रागिरी केबलकार चढेर विहानै वामदेव ६५ जनाको दलबलसहित उक्लिएका हुन् ।
नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय कमिटीको प्रथम बैठक चन्द्रागिरीमै बसाल्ने गरी वामदेव पुगेका हुन् । उनको साथमा नेकपा एमालेकी सांसद समेत रहेकी पत्नी तुलसा थापा पनि छिन् । उक्त बैठकमा देवी ओझा, शोभा पाठकलगायत सहभागी छन् । उनीहरु गौतमनिकट मानिन्छन् ।

एकता अभियानको बैठकमा जानेहरुले विहानको नास्ता उतै गरेका छन् । दिवाभोज पनि उतै हुने बुझिएको छ । बैठकमा गौतमले प्रशिक्षण दिइरहेको बुझिएको छ ।

गौतमले पछिल्लो समय केपी शर्मा ओलीले नेकपा एकता जोगाउन गत वर्ष प्रधानमन्त्री पद समेत त्याग्न तयार भएको खुलासा गरेर तरङ्ग ल्याएका छन् । तर, त्यसका लागि उनले चाहेका व्यक्तिलाई बनाउनुपर्ने प्रस्ताव गरेको गौतमको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot