Logo

प्रचण्डले कस्तो सरप्राइज देलान्



काठमाडौं, ३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कहिले पूर्वमाओवादीबीच एकताको विषय उठाइरहेका छन् त कहिले समाजवादी विचारधाराका दलहरुबीच एकताको विषय उठाइरहेका छन् । उनले सरप्राइज दिने समेत बताए । त्यो सरप्राइज कस्तो होला ?

प्रचण्डले पूर्वमाओवादीसँग छलफल बढाइसकेका छन् । उनले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण देखि विप्लवसँग एक चरणको भेटवार्ता गरिसके । अहिले उनी वामपन्थी दलका नेताहरुसँग छलफलमा केन्द्रित बनेका छन् । समाजवादी विचारधारा मान्नेहरुसँग पनि उनको भेटघाट बाक्लो भएको छ ।

प्रचण्डले नेकपा एमालेसँग पनि एकता वा चुनावी तालमेलको विकल्प राखेका छन् । तर, त्यो सम्भावना तत्काल नभएको बताइसके । यसकारण उनको ध्यान नेकपा एस, वामदेव नेतृत्वको वामपन्थी एकता अभियान देखि डा. बाबुराम भट्टराई समूहमा देखिएको छ । उनले सबैसँग आज सामूहिक छलफल पनि गरे ।

प्रचण्डले सत्ता गठबन्धनभित्रै पहिले काँग्रेसबाहेकका दलहरुको मोर्चा गठन गर्ने रणनीति बनाएका छन् । त्यसपछि मात्र उनले नयाँ कदम चाल्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot