Logo

९ बुँदे माग राख्दै काभ्रेका गंगालाल श्रेष्ठले थाले आमरण अनशन



काठमाडौं, ६ साउन । काभ्रेपलाञ्चोक मण्डनदेउपुर–१० का गंगालाल श्रेष्ठले ९ बुँदे मागसहित आमरण अनशन सुरु गरेका छन् ।

श्रेष्ठले न्यायालय जस्तो पवित्र निकायलाई अपवित्र पार्ने कार्य तुरुन्त बन्द गर जस्ता ९ बुँदे माग राखेर कोटेश्वरको महादेवस्थानमा बिहीबारदेखि आमरण अनशन सुरु गरेका हुन् ।

गन्हाउदै गएको न्यायलय क्षेत्रलाई तुरुन्त सुधार गर । न्यायको खोल ओढेर अन्याय गर्ने त्यस्ता अपराधिहरुलाई कडा भन्दा कडा कावाहि गर । न्यायालय जस्तो पवित्र निकायलाई अपवित्र पान मद्दत पुर्याउन नेपालको संविधान २०७२ को दफा ५५ तुरुन्त संसोधन गर, अप्रत्याशीतरुपमा दलिय भागवण्डा र कोटको खल्तीबाट अदृश्य गलपासो भिडाई न्यायाधिसको नियुक्ती गर्ने प्रवृती बन्द गर, आफ्नो स्वार्थ पुर्तिको निम्ती एक आपसका नागरिक–नागरिक विच भिडन्त गराई लुटीखाने कार्य बन्द गर, देशमा भएका सम्पूर्ण राष्ट्रघाती सम्झौताहरु खारेज गर लगायतका माग उनले अघि सारेका छन् ।

आफुले राखेका माग सरकारबाट सम्बोधन नभएसम्म अनशन नतोड्ने पनि श्रेष्ठले प्रतिज्ञा गरेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot