Logo

जनार्दन शर्माले अर्थमन्त्रीको सपथ आजै लिने



काठमाडौं, १५ साउन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता तथा पुर्वअर्थमन्त्री जनार्दन शर्माले आज पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन् ।

पार्टीमा छलफल गरेर शर्माको नाम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन् ।

आजै राष्ट्रिपतिबाट शर्माले पद तथा गोपनियताको सपथ लिने जनाइएको छ । शर्मा आगामी बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति घुसाएको आरोप लागेपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot