Logo

चित्रबहादुर केसीले देखे एमालेभन्दा काँग्रेस बढी गणतन्त्रवादी र धर्मनीरपेक्षतावादी



काठमाडौं, ३ भाद्र । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेको गणतन्त्र र धर्मनीरपेक्षताको प्रतिवद्धतामा आशंका व्यक्त गरेका छन् । उनले बरु काँग्रेस एमालेभन्दा बढी गणतन्त्रवादी र धर्मनीरपेक्षतावादी रहेको तर्क गरे ।

आज बाग्लुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले पञ्चायत फाल्न देखि गणतन्त्र ल्याउन काँग्रेस नै चाहिएको बताए । उनले भने,‘धर्म निरपेक्षता र गणतन्त्रको मामलामा एमालेभन्दा काँग्रेस इमान्दार देखियो ।’ उनले ओलीमाथि हिन्दू सम्राट बनाउने खेलमा लागेको आरोप लगाए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot