Logo

शीर्ष स्थानमा उक्लियो बार्सिलोना



काठमाडौं, भदौ २६ । बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । गयराती भएको खेलमा घरेलु टोली क्याडिजलाई ४–० ले पराजित गर्दै बार्सिलोना जारी सिजनमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो ।

बार्सिलोना ५ खेलबाट १३ अंक साथ शीर्षस्थानमा उक्लिएको छ । यद्यपि, रियल मड्रिडले एक खेल कम खेलेको छ। रियलको १२ अंक छ । क्याडिज पुछारमा छ ।

शनिबार रातीको खेलमा फरवार्ड रोबर्ट लेवान्डोस्कीले, फ्रान्की डी जोङ, अन्सु फाती र औसमाने डेम्वेलेले समान एक एक गोल गरे ।

पहिलो हाफमा गोल निकाल्न नसकेको बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको हो । खेल क्रममा एक दर्शकको स्वास्थमा समस्या देखिएपछी आधा घन्टा बढी खेल रोकिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot