Logo

२४ घण्टाभित्र रकमान्तर विवरण पेश गर्न आयोगको अर्थ सचिवलाई निर्देशन



काठमाडौं, ७ असोज । निर्वाचन आयोगले चुनावको मिति तोकिएको अवस्थामा अर्थ मन्त्रालयका बजेट कार्यक्रम भन्दा पृथक तरिकाबाट सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकुल असर पर्नेबारे ध्यानाकर्षण गराएको छ ।

आयोगले २०७९/८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुनेगरी अर्थ मन्त्रालयबाट कुन–कुन मन्त्रालय र निकायहरुमा के कति रकम कुन–कुन योजनामा रकमान्तर निकासा भए त्यसको बारेमा अर्थ सचिवबाट २४ घण्टाभित्र विवरण पेश गर्न निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot