Logo

काँग्रेसको प्रतिनिधिसभातर्फ समानुपातिकको सूचीमा ललितपुर र भक्तपुरबाट सुन्य, काठमाडौंबाट ११ जना



काठमाडौं, २३ असोज । नेपाली काँग्रेसबाट ११० जना प्रतिनिधि सभाका समानुपातिकतर्फको उम्मेदवारमध्ये ललितपुर र भक्तपुरबाट कुनै पनि उम्मेदवार समावेश छैनन् । ललितपुरमा साँढे २ लाख र भक्तपुरमा झण्डै २ लाख मतदाता रहेकोमा दुवै जिल्लाबाट समानुपातिकतर्फ कुनै पनि उम्मेदवार छैनन् ।

काँग्रेसले सबैभन्दा बढी काठमाडौंबाट ११ जनालाई समानुपातिकतर्फको उम्मेदवार बनाएको छ । उम्मेदवार बनाउँदा जिल्लालाई ध्यान नदिएको स्पष्ट देखिएको छ ।

ललितपुर र भक्तपुर दुवै काँग्रेसको कमजोर पकड क्षेत्र मानिनु, उम्मेदवारहरु आकांक्षी भएपनि पहुँच नपुग्नुले नपरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot