Logo

सन्दिप लामिछानेमाथि थप अनुशन्धानको लागि चार दिनको म्याद थपियो



काठमाडौं, २ कार्तिक । जिल्ला अदालतले बलात्कारको आरोपमा प्रहरी अनुशन्धानमा रहेका सन्दीप लामिछानेमाथि थप अनुसन्धान गर्न चार दिनको म्याद थपेको छ ।

म्याद थपको लागि प्रहरीले लामिछानेलाई आज अदालत लगेको थियो । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई गत असोज २० गते प्रहरीले पक्राउ गरेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot